अमेरिकाद्वारा नेपालको सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीप्रति चिन्ता व्यक्त

0 8

अमेरिकाद्वारा नेपालको सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीप्रति चिन्ता व्यक्त

काठमाडौं, कातिक १९ । संयुक्त राज्य अमेरिकाले नेपालको सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीप्रति चिन्ता व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले बिहिबार विज्ञप्ति जारी गर्दै नाकाबन्दीप्रति गम्भिर चिन्ता व्यक्त गरेको हो । विज्ञप्ति भनिएको छ -‘सीमाको अस्थिर अवस्थाले वैशाखको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य पदार्थको गम्भीर अभाव सिर्जना भएको बताएको छ। हिउँद सुरु हुन केही साता मात्र बाँकी रहेको यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायले धेरै जोखिमयुक्त समुदायहरूमा महत्त्वपूर्ण राहत तथा आवास सामग्रीहरू पुर्‍याउन सकिरहेको छैन । जनजीवन जोखिममा रहेको छ र यस कारण मानवीय सङ्कट आउने हो कि भन्ने हामीलाई चिन्ता छ ।’ विज्ञप्तीमा भनिएको छ । सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेटोस् भनी सुनिश्‍चित गर्नका लागि अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्नुपर्ने अमेरिकाले उल्लेख गरेको छ ।