अस्थिरताले देशको विकासमा बाधा पुगेको छ –उपसभापति पौडेल

0 2

तनहुँ, १८ कात्तिक । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अस्थिरताका कारण सिङ्गो देशको विकास कार्यमा बाधा पुगेको बताउनुभएको छ ।

जिल्ला विकास समिति तनहुँले आज दमौलीमा आयोजना गरेको योजना तर्जुमा बैठकको उद्घाटन गर्दै उपसभापति पौडेलले बाह्य शक्तिका कारणले सिङ्गो राष्ट्रको विकास अवरुद्ध भएको भन्दै विकासको योजना तर्जुमा गर्दा दूरदृष्टि र भविष्यलाई मध्यनजर राखेर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
जलस्रोत, पर्यटन र कृषि क्रान्तिको लागि तनहुँ उपयुक्त जिल्ला भएकाले गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीलाई ध्यानमा राखेर विकास योजना तर्जुमा गर्नुपर्ने उहाँले सुझाव दिनु भयो ।
उपसभापति पौडेलले काँग्रेस प्रतिपक्षमा बसेर पनि सत्तापक्षसँग मिलेर देशलाई निकास दिने बताउनुभयो ।
कार्यक्रममा सभासद्हरु टुकराज सिग्देल, धुव्र वाग्ले, शङ्कर भण्डारी, आशा खनाल, रामचन्द्र पोख्रेल, झुलबहादुर आलेलगायतका वक्ताले विकास योजना तर्जुमाका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा स्थानीय विकास अधिकारी अन्जन न्यौपानेले योजना तर्जुमाका बारेमा जानकारी गराउनुभएको थियो ।

You might also like More from author