गृहमन्त्री बस्नेत र जापानी राजदूतबीच भेटवार्ता

0 5

काठमाडौँ, १८ कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि जापानी राजदूत मासासी ओगावाबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटवार्तामा दुई देशको आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भएको छ ।

भेटमा जापानी राजदूत ओगावाले देशमा नयाँ सरकार गठन र संविधान निर्माण भएकामा जापान सरकार हर्षित रहेको बताउँदै पुनःनिर्माण प्राधिकरण बनेपछि जापान सरकारले यसअघि घोषणा गरेको सहयोगलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

गृहमन्त्री बस्नेतले तराई मधेसमा जारी आन्दोलनलाई समाधान गर्न सरकार तयार रहेको भन्दै त्यसका लागि वार्ता र संवाद अघि बढेको जानकारी दिनुभयो ।

उहाँले मधेसको समस्या नेपालको आन्तरिक मामलामा भएको भन्दै त्यसको समाधान खोज्न नेपाल सक्षम रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।