0 5

पपुवा न्यूगिनीविरुद्ध क्रिकेट खेल्न नेपाली टोली आज युएई जाने

पपुवा न्यूगिनीविरुद्ध क्रिकेट खेल्न नेपाली टोली आज युएई जाने

काठमाडौं, कार्तिक १७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनी विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदैछ । नेपालले यही कात्तिक ३० गते र मंसिर २ गते पपुवा न्युगिनी विरुद्ध दुई वटा एक दिवसिय खेल खेल्नेछ । यसअघि स्कटल्याण्ड विरुद्धको दुईवटै खेल गुमाएको नेपाल यसपटक भने विजयी हुने लक्ष्यका साथ युएई प्रस्थान गर्न लागेको हो । नेपालले आयोजना हुने भनिएका यी दुई खेल नेपाल क्रिकेट संघ क्यानको उदासिनता र अस्तव्यस्त प्रशासनका कारण युएईमा सारिएको हो । नेपालले पपुवा न्युगिनी विरुद्धको खेल पुर्व टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तानसँग अभ्यास खेलको मौका समेत पाएको छ । यसैगरी नेपालले ओमानसँग पनि अभ्यास खेल खेल्नेछ ।