छसय लिटर पेट्रोल र डिजेल नियन्त्रणमा

0 4

सप्तरी, १७ कात्तिक । मधेसी मोर्चाका कार्याकर्ताले सप्तरीको पोतोबाट आज ६०० लिटर पेट्रोल र डिजेल नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् ।

भारतबाट लुकाएर नेपालतर्फ ल्याउँदै गरेको करिब छ सय लिटर पेट्रोल र डिजेललाई उनीहरुले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिइएको पेट्रोल र डिजेललाई जमिनमा खन्याएर नष्ट पारिएको बताइएको छ ।