वीरगन्जमा आज पनि कर्फ्यु जारी

November 03 2015 08:55

31446523524

वीरगन्ज, कार्तिक १७ ।सुरक्षा संवेदनशीलता बढेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट वीरगन्जमा लगाउँदै आएको कर्फ्यु आज पनि जारी छ । स्थिति तनावपूर्ण बनेपछि पर्सा प्रशासनले बीरगन्जको मितेरी पूलदेखि उत्तरतर्फ पर्साको सिमासम्मको मूख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेंमाई सडकखण्ड र बीरगञ्ज बजारमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले कफ्र्यू जारी राखेपनि सर्वसाधारणको चहलपहल भने बजारमा बाक्लै छ । मूख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसअघि सोमबार बिहान मितेरी पूलमा धर्नामा बस्दै आएका मधेशी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएपछि दिनभर बीरगञ्जको अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बीरगञ्जमा दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । उक्त झडपमा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो । झडपको क्रममा केही प्रहरी र २४ जना प्रदर्शनकारी समेत घाइते भएका थिए ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top