लिग कप फुटबलको चौंथो चरणबाटै बाहिरियो चेल्सी

0 17

लिग कप फुटबलको चौंथो चरणबाटै बाहिरियो चेल्सी

एजेन्सी, कातिक ११ । चेल्सी लिग कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ । लगातार खराब प्रदर्शन गर्दै आएको चेल्सी मंगलबार राति भएको खेलमा टाइब्रेकरमा स्टोक सिटीसँग ५–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । जोन वालटरले ५२ औं मिनेटमा गोल गर्दै स्टोकलाई सुरुवाती अग्रता दिलाए । खेलको इन्जुरी समयमा चेल्सीका लागि लुइक रेमीले गोल गर्दै खेल १–१ को बारबरीमा ल्याए ।त्यसपछि थपिएको अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको हो । इन्जुरी समयमा फिल बार्डस्लि दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि अतिरिक्त समयमा स्टोक १० खेलाडीमा सिमित भएको थियो । टाइब्रेकरमा चेल्सीका इडेन हर्जाडले गोल गर्न नसकेपछि स्टोक विजयी भयो । चेल्सीले यो सिजन खराब प्रर्दशन गरिरहेको छ ।