देशले आज नयाँ राष्ट्रपति पाउने

0 10

देशले आज नयाँ राष्ट्रपति पाउने

काठमाडौँ, कार्तिक ११ । राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एमाले नेतृ विद्यादेवी भण्डारी हुने निश्चितप्रायः भएको छ । भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रुपमा अघि सारिएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित हलमा बुधबार बिहान ११ बजेदेखि हुने चुनावमा भण्डारीसँग भिड्न कांग्रेसका तर्फबाट कुलबहादुर गुरुङ मैदानमा छन् । भण्डारीको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड छन्, आजको कान्तिपुर दैनिकमा खबर छ