राष्ट्रपति चयनका लागि मतदान सुरु

0 9

mainphoto

 

काठमाडौँ, ११ कातिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो ।

नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि भएको उक्त निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुुहुन्छ ।

यो मतदान ११ बजेबाट सुरु भई अपराह्न २ बजेसम्म चल्नेछ । मतदान सकिएपछि अपराह्न २ः३० बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयले निर्वाचन कार्यतालिका बनाएको छ ।