राष्ट्रपति पदको मतदान केही बेरपछि सुरु हुँदै

0 9

काठमाडौँ, ११ कात्तिक । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि मतदान अहिले केही बेरमा हुँदैछ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट सुरु हुने उक्त निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पुराना नेता कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।

सो मतदान ११ बजेबाट सुरु भई दिउँसो २ बजेसम्म चल्ने छ । मतदान सकिएपछि दिउँसो २ः३० बजेबाट मतगणना प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष प्रस्तुत गरिनेछ भने बेलुका ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिनेछ ।