लुकाएर राखेको ३ सय लिटर पेट्रोल र डिजेल बरामद

October 27 2015 08:01

 सप्तरी, कातिक १० । एक मिनीबसमा लुकाएर लगिँदै गर्दा सप्तरीको भारदहबाट करिब तीन सय लिटर डिजेल र पेट्रोल बरामद गरिएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहस्थित राजमार्गमा बा ३ ख ६१७४ नंको मिनीबस भित्र लुकाई राखेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध डिजेल र पेट्रोल फेला परेको जनाएको छ ।

बरामद गरिएको पेट्रोल र डिजेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको र सो विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताविच झडप मोरङ, कातिक १० । मोरङ जिल्लाको बिराटनगर १८ स्थित मलाया रोडमा प्रहरी र सँयुक्त लोकातान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुविच आज बिहान झडप भएको छ। विराटनगर-जोगबनी सडक खण्डस्थित मलाया रोडमा बिहानै देखि सडक अवरोध गरी बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा उक्त झडप भएको हो। मधेसी मोर्चाका अन्दाजी ८०\९० जनाको समुहले उक्त स्थानमा बिजुलीको पोल ढालेर तथा शिशाका टुक्राहरू बिच्छाएर सडक अवरोध पारेपछि अवरोध खुलाउन गएका प्रहरीलाई मोर्चाका कार्यकर्ताहरुले ढुङा मुढा तथा बोतल प्रहार गरेका थिए। भिड तितर बितर गर्नेक्रममा प्रहरीबाट दुई सेल अश्रु ग्याँस र एघार राउण्ड हवाई फायर गरिएको छ। यसैविच आज बिहान बिराटनगर १८ स्थित पुरानो आँखा अस्पताल अगाडी को ४ प ५६८९ नम्बरको मोटरसाइकलमा तोडफोड भएको छ । बिराटनगरबाट जोगबनीतर्फ जादै गरेको उक्त मोटरसाइकललाई मोर्चाका कार्यकर्ताहरुले रोकेर अगाडिको भाइजर, साइडलाईट र हेडलाईट फुटाई फरार भएका छन्। तोडफोडमा संलग्नहरुको प्रहरीबाट खोजतलाश भइरहेको छ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top