राष्ट्रपतिमा गुरुङको उम्मेदवारी दर्ता

0 3

 

काठमाडौँ, १० कात्तिक । नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उहाँले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । गुरुङको प्रस्तावमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताउनुभयो ।

आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उहाँको भनाइ छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहनु भएका गुरुङ काँग्रेसका पुराना नेता हुनुहुन्छ ।

You might also like More from author