फरार अभियुक्तबाट रु एक करोड ३० लाख जरिवाना असुल्न बाँकी

0 25

इलाम, ३० असोज । अदालतको फैसलापछि फरार रहेका ५४२ जना अभियुक्तबाट जिल्ला अदालत इलामले रु एक करोड २८ लाख ६० हजार ८१६ जरिवाना असुल्न बाँकी छ ।

अदालतले दिएको जानकारीअनुसार उनीहरूबाट एक हजार ७८५ वर्ष ११ महिना २९ दिन कैद असुल्न बाँकी छ ।

अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईका अनुसार विसं २००१ देखि २०७० सम्ममा ४५९ वटा दण्ड जरिवाना लागेका मुद्दामध्ये सोही अवधिमा १४९ वटा फछ्र्योट गरिएको छ ।

अदालतले १० वर्षभन्दा माथिका मुद्दालाई फछ्र्योट गरिसक्नुपर्ने भए पनि अपराधी पक्राउ नपर्दा धेरै पहिलेका पनि मुद्दा अहिलेसम्म सरिआएका छन्, श्रेस्तेदार भट्टराईले भन्नुभयो ।

अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका ७८९ जना अभियुक्तमध्ये गत आवमा २४७ जनालाई पक्राउ गरी उनीहरूबाट कैद तथा जरिवाना असुल गरिएको अदालतले जनाएको छ ।

अघिल्लो आवबाट एक हजार ८२९ वर्ष ११ महिना १५ दिन कैद सरिआएको र गत आव २०७१÷०७२ मा ७१० वर्ष चार महिना ११ दिन कैद थप भई कुल दुई हजार ५४० वर्ष तीन महिना २६ दिन कैद भुक्तान गर्नुपर्नेमा गत आवमा ७५४ वर्ष तीन महिना २७ दिन कैद फछ्र्योट भएको छ ।

अघिल्लो आवबाट रु एक करोड ६६ लाख ८९ हजार २९४ जरिवानाको जिम्मेवारी सरिआएकामा गत वर्ष रु ५४ लाख ७४ हजार ५३८ थप भई कुल रु दुई करोड २१ लाख ६३ हजार ८३२ जरिवाना असुल गर्नुपर्नेमा गत वर्ष रु ९३ लाख दुई हजार ९७२ जरिवाना असुल गरिएको अदालतले जनाएको छ ।