नेपालको लगातार दोस्रो जित,युगाण्डा १ सय ७१ रनले पराजित

0 19

काठमाडौं,असोज २९ । आइसीसी यु-१९ विश्वकप छनोटमा नेपालले युगान्डाविरुद्ध लगातार दोस्रो जित हात पारेको छ ।मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपाल १ सय ७१ रनले विजयी भएको छ। २ सय ४३ रनको लक्ष्य पछ्याएको युगान्डा ३६ ओभर २ बलमा ७१ रन बनाउँदा अलआउट भयो। युगान्डालाई सस्तैमा रोक्ने क्रममा नेपालका दिनेश श्रेष्ठले सात ओभरमा ३ विकेट लिए ।

आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २-२ तथा सुनिल धमालाले १ विकेट लिए। पहिले ब्याटीङ गरेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४२ रन जोडेको थियो। नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन जोडेको हो। रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। आरिफ शेखल ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन जोडे।

राजविर सिंहले अविजित १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंक पुर्‍याएनन। युगान्डाका डेरिक बाकुन्जीले सर्वाधिक ३ विकेट लिए। जितसँगै नेपालले ४ अंक जोडेको छ। ५ टिम सहभागी यो प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपमा खेल्ने मौका पाउने छ ।