भारतलाई चीनको फेरी चुनौती-‘नेपालले चाहान्छ भने ईन्धन दिन तयार छौ’

0 18

काठमाडौं,असोज २९ । भारतले नेपालमाथि नाकाबन्दी गरेर दुख दिइरहेको बेलामा अर्को छिमेकी चीनले नेपाललाई आवश्यक ईन्धन दिन तयार रहेको जनाएको छ । यसअघि समेत नेपाललाई आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएको चीनले नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको बताएको हो ।

xHua-Chunying-chaina.jpg.pagespeed.ic_.iP0Y7OW5nW

नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालको विषयमा प्रश्न सोधेका थिए । उनको प्रश्न थियो-‘नेपालमा भुकम्प गएदेखि अवरुद्ध रहेको चीन-नेपालबीचको केरुङ सिमा नाका हिजोबाट पुन सञ्चालनमा आएको छ । के यो सत्य हो रु के यसलाई पुष्टि गर्न सक्नुहुन्छ ? के चिनिया पक्षले नेपाललाई इन्धन आपूर्ति गर्न सक्छ ?’ जवाफमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालको अनुरोधलाई हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताएकी छन् । ‘नेपाल र चीनबीचको जिलुङ नाका गत २५ अप्रिलमा नेपालमा भुकम्प गएदेखि अवरुद्ध थियो । हिजोबाट यो सुचारु भएको छ ।

आज बिहान चिनीया पक्षले नेपाली पक्षलाई उक्त सिमाबाट सहायता सामग्रीहरु पनि आपूर्ति गरेको छ’ उनले भनिन्-‘नेपालको अनुरोधलाई हेरेर उसलाई सहयोग गर्न चिनीया पक्षले अधिकतम प्रयत्न जारी राख्ने छ ।’ भारतबाट ईन्धन ल्याउन पनि नसक्ने यसअघिको सुशील कोइराला सरकारले चीनसँगपनि अनुरोध गर्न आँट नगरेको अवस्थामा पुन केपी ओली प्रधानमन्त्री भएपछि ईन्धनमा अनुरोध गर्न आग्रह गर्ने आशयको धारणा सार्वजनिक गरेको हो ।

भोली शनिवार नव नियुक्त परराष्टमन्त्री कमल थापालाई भारत पठाएर ईन्धन आपुर्ति सहज बनाउने प्रयास गर्ने बताएको ओली सरकारले अबका दिनमा कसरी भारतबाट सहज गर्छ वा चीनसँग समन्वय गर्न त्यो भने हेर्न बाँकी रहेको छ ।