नेपालकै पहिलो महिला सभामुखमा ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित

October 16 2015 15:36

काठमाडौं, असोज २९ । व्यवस्थापिका संसदको सभामुखमा एकीकृत नेकपा माओवादीकी ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित हुनुभएको छ । घर्ती नेपालकै पहिलो महिला सभामुख बन्नुभएको छ । नेमकिपाले सभामुखमा अनुराधा थापा र उपसभामुखमा डिल्लीप्रसाद काफ्लेलाई उम्मेदवार बनाएको थियो ।

प्रतिपक्षी दल कांग्रेसले पनि सभामुखमा घर्ती र उपसभामुखमा यादवको पक्षमा मतदान गर्ने निर्णय गरेपछि नेमकिपाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका थिए । नवनिर्वाचित सभासद घर्ती यसअघि संसद्को उपसभामुख तथा संविधानसभा उपाध्यक्ष थिइन् । रोल्पा क्षेत्र नं २ बाट संसद्मा प्रत्यक्ष निर्वाचित घर्ती माओवादी जनयुद्धमा १० वर्ष भूमिगत राजनीति गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top