बल्ल जुर्यो ओलीको बालुवाटार जाने साईत

0 15

भक्तपुर,असोज २९। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् । असोज २४ गते प्रधानमन्त्री भएपछि पनि ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए। असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली ५ दिनपछि सरकारी निवासमा सर्न लागेका हुन्। पूर्वप्रधानमन्त्री सुशील कोइराला सरेपछि रंगरोगन तथा सरसफाइ एव‌ सजावटका सबै काम सकिएको छ। कोइरालाले मंगलबार बेलुका बालुवाटार छोडेका थिए। आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने कार्यक्रम छ।