महरालाई गृहमन्त्री र पोखरेललाई सभामुख बनाउने तयारी

0 15

xgiriraj-mani-pokharel.jpg.pagespeed.ic_.csL-OeDqMJकाठमाडौं, असोज २७ । एमाओवादीको आज बस्ने स्थायी समितिको बैठकले महासचिव कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री र संसदमा पार्टीका मुख्य सचेतक गिरिराजमणि पोख्रेललाई सभामुख बनाउने तयारी गरेको छ। दुई पार्टीबिच एमालेबाट राष्ट्रपति र एमाओवादीबाट सभामुख राख्ने सहमति भइसकेको छ।

सुरूमा महरालाई सभामुखका रुपमा पार्टीले पठाउने तयारी गरेको भएपनि उनले उक्त पदका लागि अनिच्छा देखाएर आफूलाई जिम्मेवारी दिए उपप्रधानमन्त्रीका रुपमा गृह मन्त्रालय सम्हाल्ने इच्छा देखाएका थिए। गृहमन्त्रीका नेता टोप बहादुर रायमाझीले दावी गरेको भएपनि अध्यक्ष प्रचण्ड आफूलाई दुखमा साथ दिएको भन्दै महरालाई नै गृहमन्त्री बनाउने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।