लामो दूरीका बस र सार्वजनिक गाडीलाई तेलमा प्राथमिकता दिने निगमको तयारी

0 13


काठमाडौं, असोज २७ । नेपाल आयल निगमले लामो दूरीका बस र सार्वजनिक गाडीलाई तेलमा प्राथमिकता दिने भएको छ । दसैँको किनमेलमा निस्कने र गाउँ जाने यात्रुको संख्या बढेपछि लामो दूरीका बस र सार्वजनिक गाडीलाई प्राथमिकता दिने तयारी थालेको हो । बुधबार लामो दूरीका बस र सार्वजनिक गाडीलाई तेल वितरण गर्ने जनाएको छ ।

निगमका प्रवक्ता दीपक बरालका अनुसार रक्सौल नाका खुलेपछि मात्र काठमाडौंमा तेलको वितरण सहज हुनेछ । निगमले अहिले अरु नाका भएर भित्रिएका इन्धनलाई काठमाडौं ल्याएर वितरण गरिरहेको छ ।
इन्धनको आपूर्ति केही सहज भएमा फूलपातीसम्म निजी गाडीलाई फेरि तेल दिने निगमको तयारी छ । मंगलबार धेरै निजी गाडीले तेल भर्न पाएका थिएनन् ।