म्याच फिक्सिङको आरोपमा सागर थापासहित चार खेलाडी पक्राउ

0 27

ysagar
काठमाडौं,असोज २७ । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । खेलाडीसँगै एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार दिउँसो कप्तान थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसीलाई अन्तराष्ट्रिय खेलमा मिलेमतो गरी नेपाललाई हराएको आरोपमा पक्राउ गरेको हो ।पछिल्लो समय नेपालले अन्तराष्ट्रिय फुटबलमा लगातार खराब प्रदर्शन गरिरहेको थियो । पक्राउ परेका खेलाडीमध्ये रितेश नेपाल पुलिस क्लबका गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् ।उनीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।