राष्ट्रिय लिग फुटबल–आर्मी शीर्ष स्थानमा

0 5

काठमाडौँ, २५ असोज । त्रिभुवन आर्मी क्लबले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको सो प्रतियोगितामा आर्मीले लुम्बिनीलाई ५–० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय लिग फुटबलको उपाधि यात्रा थप बलियो बनाएको छ ।

जारी प्रतियोगितामा १५ खेल खेलेको आर्मीले ३० अङ्क जोडेपछि लिगको शीर्ष स्थानका साथ उपाधि यात्रा थप बलियो बनेको हो । जारी प्रतियोगितामा थ्रीस्टार क्लब २९ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने २८ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । दुवै टोलीले समान १४÷१४ खेल खेलेका छन् ।

आर्मीका खेलाडी भरत खवासले खेल सुरुवाती चौथो मिनेटमा नै पहिलो गोल गर्दै खाता खोले । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेपछि आर्मीले पहिलो अग्रता लिएको थियो ।

खेलको पहिलो हाफसम्म १–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा चार गोल थप्यो । खेलको दोस्रो हाफमा टङ्क बस्नेत र नवयुग श्रेष्ठले समान २÷२ गोल गरे । बस्नेतले खेलको ६३ औँ मिनेटमा दीप लामाको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै श्रेष्ठले भने खेलको ७५ र ७८ औँ मिनेटमा दुई गोल थपे ।

त्यसैगरी श्रेष्ठले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै बस्नेतले एक गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा एक गोल थपेपछि आर्मीले लुम्बिनीमाथि ५–० को सहज जित हात पा¥यो । प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि भने आर्मीका भरत खवासले प्राप्त गरे ।

हारसँगै लुम्बिनी फुटबल क्लब भने उपाधि होडबाट बाहिरिएको छ । १६ खेल खेलेको लुम्बिनी आठ÷आठ अङ्कका साथ लिगको आठाँै स्थानमा छ । भोलि मङ्गलबार थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच खेल हुनेछ ।