रातभर जाग्राम बसेर तीन लिटर पेट्रोल

0 10
सिन्धुली–कमलामाई नगरपालिका ६ रातमाटाका खेटराज अधिकारी रातभर जागै बसे। शुक्रबार राति तेल आउने र वितरण गर्ने हल्लाले उनी रातभर जागै बसेका हुन्। शुक्रबार राति तेल आएपछि राति १ बजेदेखि उनि मोटसाइकलसहित लाइन बस्न पुगे।
उनी पुग्दा दुईसय हाराहारी मोटसाइकल लाइनमा थिए। भारतले गरेको अघोषित नाकाबन्दी पछि झन्डै दश दिनपछि आएको पेट्रोल भर्न स्थानीयले ठुलै सास्ती खेप्नु पर्यो । लाइनबाट शनिबार बिहान ११ बजे उनी पेट्रोल भर्न पम्पमा आइपुगे। उनलाई बेलुका लागेको थियो, लाइनमा बसेर लिएपछि दशैको बेला हो कम्तिमा पनि ७ लिटर पाइएला। तर सोचेजस्तो भएन उनले ३ लिटर ८ मिलिलिटर पेट्रोलमात्र पाए। रातभर सुतेको छैन,’ अधिकारीले भने,’छिमेकी राष्ट्रले शत्रुता देखाउँदा दुःख पाइयो।’ उनले आफूले सोचेजति नपाएपनि सबैले थोरैथोरै भएपनि पाएकोमा चित्त बुझेको जनाए।

चारसयको पेट्रोल लिनका लागि स्थानीय रातभर सुतेका छैनन्। डाडीगुराँसेका हेमबहादुर विक शुक्रबार दिउसो देखिनै पम्प छेउमै बसे। जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट ३५ किलोमिटर कच्चि भित्र सडक हुँदै पुग्ने डाडीगुराँसेमा पेट्रोल नपाएर उनले एकसातादेखि थक्याएको मोटरसाइकल साथीलाई हारगुहार गरेर एक लिटर पेट्रोल हालेर मोटरसाइकल शुक्रबार साझनै लाइनमा राखेका थिए। ‘शुक्रबार दिउसो देखिनै होटलको खाना नास्ता खाएर मोटरासाइकल लाइनमा राखेर तेल लिएको हो,’ उनले भने,’दशै नजिकिँदै गरेकाले तेल धेरै आवश्यक पर्छ।’ शुक्रबार बेलुकी चारहजार लिटर पेट्रोल आएपछि वितरण गर्न प्रहरीलाई नै हम्मेहम्मे परेको थियो।

लामो समयदेखि पेट्रोल अभाव हुँदा जिल्लामा चल्ने आधा मोटरसाइकल पनि चल्न सकेका छैनन्। पेट्रोल भएपनि अत्यावश्यक ठाँउमा जानकालाई मात्र प्रयोग गर्ने भन्दै तेल अभावले मोटसाइकल चलाएका छैनन् ।