सल्यानमा बस लुटे्ने समुहका थप एक पक्राउ

0 8
जाजरकोट– गत शुक्रबार सल्यानको स्वीकोट गाविसको बारुलीस्थित गर्चे खोलामा यात्रुबाहक बस लुट्ने मध्ये थप एक जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्नदेखि सल्यानको सल्लीबजार हुँदै रुकुमको चौरजहारी जाँदै गरेको यात्रुवाहक बस रोकेर हतियार देखाउँदै बसका यात्रुहरुलाई लुट्ने लुटेराहरुको खोजी कार्य तीव्र बनाउने क्रममा प्रहरी चौकी जागतिपुर कुदुबाट गएको प्रहरीले खलंगा ८ रिम्नाका सन्तोष रानालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक पर्सुराम मल्लले जानकारी दिए ।

उनले कुदु प्रहरी चौकीवाट प्रहरी सहायक निरीक्षक दलबहादुर बाेहराको कमान्डमा गएको टोलीले स्थानीय वासीको सहयोगमा रानालाइ जाजरकोटकै भुर गाविसको विराले भन्ने ठाउँमा भेटाएको वताए । मल्लका अनुसार रानाको साथवाट एउटा मोवाइल, नगद एक लाख सात हजार नौ सय सत्र रुपैयाँ बरामत गरिएको छ । पक्राउ परेका रानालाइ सल्यान प्रहरीको जिम्मा लगाइएको मल्लले वताए ।

यसअघि सल्यान र जाजरकोटको प्रहरीले सल्यानको सुइकोटको थाला भन्ने जंगलवाट पक्राउ गरेको थियो । वस लुट्न ८ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ । जस मध्ये ६ जना जाजरकोटका र अन्य बाहिरका भएको वुझिएको छ । लुटेराहरुको प्रहरीले तिव्र गतिमा खोजी कार्य गरिरहेको छ । बसका यात्रुलाइ लुट्ने क्रममा लुटेराहरुले थ्रिनट थ्रि राइफल, भालालगायतका हतियारहरु प्रयोग गरेका थिए। अहिले सम्म दुइ जना लुटेरालाइ प्रहरीले पक्राउ गरेको छ ।