छिमेकीले नेपाल विरुद्ध ठूलो षड्यन्त्र गरेः माधव नेपाल

0 11

आश्विन २३, २०७२- नेकपा एमालेका नेता माधवकु्मार नेपालले छिमेकीले नेपाल विरुद्ध ठूलो षड्यन्त्र गरेको बताएका छन् । नेकपा एमाले नगरकोट नगर कमिटिको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता नेपालले अन्तराष्टिय मापदण्ड र दुई देश बीचको सम्झौताको अबमूल्यन गर्दै छिमेकी भारतले नाका बन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको बताएका हुन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल माथि गरेको नाकाबन्दी गलत भएको आत्मालोचना गर्दै दुई देशबीचको सम्बन्ध पूनःसुदृढ गर्नुपर्ने बताएका छन् ।
भारतले नेपालको संविधान असन्तुष्टि पोख्न मधेशी दललाई आन्दोलन गर्न सघाएको नेता नेपालको भनाई छ । अबको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको विकल्प नभएको उनले बताए । संविधानमा सबभन्दा बढी अधिकार मधेशी र थारु समुदायलाई प्रदान गरेको उनले बताए । नेपालको संविधान विशेषगरी मधेशलाई फाईदा पुग्ने गरि बनाइएको समेत बताएका छन् । ‘अरु कुनै समुदायका लागि प्रदेश छैन’, नेता नेपालले भने,’तर, मधेशका लागि मात्रै एउटा प्रदेश बनाएको छ, सबभन्दा बढी अधिकार पनि मधेशका जनतलाई नै दिएको छ ।’
संविधान अध्ययन नै नगरी मधेशमा गलत प्रचार गरिएको टिप्पणी गर्दै नेता नेपालले मधेशी, थारु, मुश्लिम, आदीवासी, जनजाती, महिलाको छुट्टै आयोग बनाएर उनीहरुको थप मागलाई सम्बोधन गर्ने व्यबस्था समेत गरिएको उनले बताए ।
संविधान निर्माणमा सत्प्रतिशतलाई चित्त बुझाउन नसकिने बताउँदै उनले संविधानसभामा प्रतिनिधित्व गर्ने ८५ प्रतिशत सभासदको समर्थनमा बनेको नेपालको संविधान उत्कृष्ट संविधान भएको जिकिर गरेका छन् ।