एभरेस्ट चिनीमिलका ट्रकलाई प्रहरीले गन्तव्यतर्फ पठाइयो

0 21

महोत्तरी, २३ असोज । महोत्तरीस्थित एभरेस्ट चिनी सुगर मिल रामनगरबाट प्रहरीले स्कर्टिङ गरी चिनी लोड गरी राखिएको १५ वटा ट्रकलाई गन्तव्यतर्फ पु¥याएको छ ।

मोर्चाका कार्यकर्ताले बिहीबार रातिदेखि नै आफ्नो नियन्त्रणमा लिइएको सो ट्रकलाई इलाका प्रहरी कार्यालय गौशाला, सशस्त्र बेस क्याम्पका सशस्त्र प्रहरी जवानले सो गाडीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पु¥याएको हो ।

बर्दिवासस्थित कुमार ट्रान्सफर्मरमार्फत ११ वटा ट्रक काठमाडाँै तथा चार वटा ट्रक हेटौँडातर्फ पठाएको मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो । मोर्चाका कब्जामा रहेको सो ट्रक प्रहरीले आज बिहानको समयमा छोडाउन सफल भएको र गन्तव्यतर्फ पठाइएको महाप्रबन्धक दासले जानकारी दिनुभयो ।