डुँगा चालक बेपत्ता

0 27

1434107212_duga accident

पोखरा, २१ असोज । फेवातालमा आज दिउँसो डुँगा चालक डुँगाबाट खसेर बेपत्ता भएका छन् ।

पर्यटकलाई डुँगामा फेवाताल घुमाइरहेका डुँगाचालक निसान लामा डुँंगाबाट खसेपछि बेपत्ता भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

पर्यटकलाई तालको बीच भागमा रहेको तालबाराही मन्दिरको दर्शन गराएर फर्कदै गर्दा सो घटना भएको डुँगामा सवार पर्यटकले बताए । डुँगामा चढेका पर्यटक भने सवै सकुशल छन् ।