अवरुद्ध सडक खुला

0 19

धुन्चे (रसुवा), १८ असोज । पहिरोका कारण अवरुद्ध धुन्चे स्याफ्रु खण्डको पासाङल्हामु मार्ग खुला भएको छ ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार १३ गते साँझबाट पहिरोका कारण अबरुद्ध स्याफ्रु–५ खोपाङ भिरमा गएको पहिरो डिभिजन सडक कार्यालय नुवाकोटको सक्रियतामा सडकको ट्र्याक खुलाउने कार्य सम्पन्न भएको छ ।

पहिलो चरणको ट्र्याक खुलाई रोकिएका केही सवारी साधन पार गराइसकिएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले सडकलाई दिगोपन बनाउन प्राविधिक अध्ययन भइरहेको बताउनुभयो ।

गल्छी–रसुवागढी–केरुङ राष्ट्रिय राजमार्ग भएका कारण सडक व्यवस्थित गर्न प्रहरी प्रशासनलगायत सडक कार्यालयको ध्यान खापाङ भिरपाखोतर्फ केन्द्रित भइरहेको पनि सहायक प्रजिअ थापाले जानकारी दिनुभयो ।