थरुहटद्वारा दाङमा बन्द हडताल फिर्ता

0 16

 

दाङ, १८ असोज । थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति दाङ देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन फिर्ता लिएको छ ।

सङ्घर्ष समितिले एक सातादेखि राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएकामा अबदेखि जनसभा र जनजागरणका कार्यक्रम मात्रै गरिने जनाएको छ ।

थरुहट र थारुवान संयुक्त सङ्घर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले विज्ञप्ति निकालेर आज बेलुकी ५ बजेदेखि यातायात, बजार, सरकारी तथा गैरसरकारी कार्यालय खुला रहन दिने बताउनुभयो ।

विज्ञप्तिमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हडताल नगरी कोणसभा, आमसभा, अन्तक्र्रिया र जनजागरण अभियान चलाउने उल्लेख छ ।
थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउनु पर्ने, जातीय जनसङ्ख्याको आधारमा हरेक निकायमा पूर्ण समानुपातिक समावेशीको सुनिश्चितता हुनुपर्नेलगायतका माग सङ्घर्ष समितिले अघि सारेको थियो ।