ओली प्रधानमन्त्री बन्ने विषयमा कांग्रेस नै बेखबर

0 24

काठमाडौं,असोज १७ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने चर्चा चलिरहँदा सक्त साझेदार नेपाली कांग्रेसले आफुहरुलाई थाहाँ नभएको बताएको छ । नेपाली कांग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक ओली नै प्रधानमन्त्री हो भन्ने विषयमा कुनै जानकारी नभएको निष्कर्ष निकालेको छ । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिएको जानकारीअनुसार सरकार गठनबारे प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल हुने र त्यसपछि व्यवस्थापिका–संसद्मा रहेका ३२ दलको सर्वदलीय बैठक बस्नेछ। उनले सहमतिका कायम गरेर सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण (बहुमतीय) मा प्रवेश भई निकास निकाल्ने जनाए। प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति हुँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन रु भन्ने जिज्ञासा उनले भने, ‘त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन।’ त्यस्तै अर्थमन्त्री डा।रामशरण महतले नयाँ सरकार गठन हुँदा एमालेले प्रधानमन्त्री पाउने विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । महतले भने,‘को हुने भन्ने टुंगो लागि सकेको छैन।’विराटनगरका पत्रकारहरुसँग आइतबार कुराकानी गर्दै महतले सात दिनभित्र सबै कुराको टुंगो लागिसक्ने बताउँदै सकेसम्म सहमतीय सरकार बन्ने बताए ।