भारतले पेट्रोलियम पदार्थ अझै दिएन,माथिको आदेश भन्दै इन्धन दिन आनाकानी

0 16

काठमाडौं, असोज १७ । नेपालमा संविधान जारीभएदेखि नै असन्तुष्ट भएको भारतले इन्धन दिन अझै आनाकानी गरिरहेको छ । अघोषितरुपमा लागाएको नाकाबन्दी शनिवारदेखि खुल्ला गरेको घोषणा गरेपनि भारतीय आयल निगमले आजबाट दिने भनेको तेल दिएको छैन् । मागेजति पेट्रोलियम पदार्थ र इन्धन दिने भन्दै नेपाल आयल निगमलाई जानकारी दिए पनि त्यहाँका डिपोका कर्मचारीहरुले माथिको आदेश भन्दै इन्धन दिन आनाकानी गरिरहेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए। नेपालमा पेट्रोलियम पदार्थको अभावले कयौंले दुख भोगिरहेका छन् । यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमबीच आइतवार विहानैदेखि इन्धन आपूर्ति सहज गरिदिने सहमति भएको थियो । भारतले तेल दिने भनिएको रक्सौलमा भन्सार नाकाको अवरोध कायमै छ ।