स्टार स्ट्राइकर मेस्सीबिना बार्सिलोनाले सेभियाको सामना गर्दै

0 18

काठमाडौं, असोज १६ । स्पेनिस लिग ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत शनिबार साबिक बिजेता बार्सिलोनाले सेभियाको सामना गर्दैछ । चोटका कारण बार्साका स्टार स्ट्राइकर लियोनल मेसी अबको करिब २ महिना मैदान बाहिरै बस्ने भएपछि बार्साले लिगमा आगामी करिब ८ खेल मेसी बिनानै खेल्ने छ । मेसीको अनुपस्थितिमा पनि अन्य दुई स्टार स्ट्राइकर लुइस सुवारेज र नेइमारले बार्सालाई सम्हाल्ने विश्वास लिइएको छ । सेभिया बिरुद्ध बार्साको खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुने छ । ला लिगा अन्तर्गतनै आज इस्पानुयल र स्पोर्टिङ गिजोन, लसपलमस र इयाबार तथा मालागा र रियल सोसिडाड पनि भिड्दै छन् ।