संविधान संशोधनको प्रस्तावप्रति मोर्चा असन्तुष्ट, दशैमापनि आन्दोलन नरोक्ने संकेत

0 14

ssmmm काठमाडौं, असोज १६ । संविधानको मस्यौदा सार्वजनिक भएदेखिनै आन्दोलनमा होमिएको मधेसीमोर्चाले संविधान संशोधनको प्रस्तावप्रति असन्तुष्ट जनाएको छ । शुक्रवार बसेको मन्त्रीपरिषदको वैठकले मधेस आन्दोलन गरिरहेका दलहरुको मागबमोजिम समावेशी समानुपातिक र निर्वाचन क्षेत्रसम्बन्धी संविधान संशोधन प्रस्ताव ल्याएकोको थियो । उक्त प्रतावपछि आन्दोलन रोकिने आशगरेपनि मोर्चाका एक प्रमुख नेता तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले दसैंमा पनि मधेस आन्दोलनको स्वरुप नफेरिने संकेत देखाएका छन् । तराईको आन्दोलन र भारतको अघोषित नाकावन्दीले देशैभर आम मानिस कष्टकर जिवन जिउन बाध्य छन् । सरकारले ल्याएको प्रस्तावप्रति असन्तुष्ट जनाउदै यादवले भने जुन संशोधन प्रस्ताव ल्याउनुभएको छ, त्यो कुनै नयाँ माग होइन । हिजो अन्तरिम संविधानमा भएको कुरा उहाँहरुले छुटाएको भएको थियो, त्यही गल्ती सच्याउन खोज्नुभएको हो । गल्ती सच्याउनु राम्रो भए पनि निर्वाचन क्षेत्र निर्धारण जनसंख्याका आधारमा मात्रै हुनुपर्ने बताए । ‘यदि हामीहरको माग पुरा नगरे आन्दोलन यथावत रहने र दसैं तिहार चाड पर्वका बेलामा आन्दोलनको स्वरुप फेर्नेबारे पनि कुनै छलफल नभएको यादवले बताए । ‘हडताल हाम्रो रहर होइन, मधेसका जनता भोकै मर्न थालिसके’ यादवले भने ।