राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान

0 31

काठमाडौं, असोज १६ । राष्ट्रपति डा. रामवरण यादवले सात दिनभित्र सहमतिको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साँझ राष्ट्रपति यादवलाई भेटेर नयाँ सरकार गठनका लागि आग्रह गरेपछि राष्ट्रपति यादवले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा २ बमोजिम सहमतीय सरकारका लागि दलहरुलाई आह्वान गरेका हुन् ।

सात दिनभित्र सहमतीय सरकार गठन नभएमा बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री कोइराला शुक्रबार साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।