खेलकुद मन्त्री पौडेलको राजीनामा

0 46

 

काठमाडौँ, १४ असोज । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आज पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा विवादित व्यक्ति केशवकुमार विष्टलाई नियुक्त गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उहाँले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिनुभएको हो ।

पौडेलले राससलाई भन्नुभयो– “सदस्य सचिव नियुक्तिबारे आयोगले गैरकानुनी रुपमा निर्देश दिएको थियो । त्यसका आधारमा प्रधानमन्त्रीले राजीनामा माग्नुभएकाले राजीनामा दिएको हुँ ।”

पौडेल नेकपा (एमाले) का तर्फबाट मन्त्री हुनुभएको थियो ।

You might also like More from author