पेट्रोलियम पदार्थको आपूर्ति सहजभए आइतवारवाट अग्रिम टिकट खुल्ने

0 17

काठमाडौं, असोज १४ । भारतले गरेको अघोषित नाकावन्दीको कारण अवरुद्ध भएको पेट्रोलियम पदार्थको आपूर्ति सहजभएपछि मात्र दसैंतिहारका लागि अग्रिम टिकट बुकिङको व्यवस्ता हुने भएको छ । नेपालीहरुको महानचाड दसैंतिहार नजिकिँदै गर्दा लाखौं लाखौ सर्वसाधारण अन्योलमा परेको बेला यातायात व्यवस्था विभागले यस्तो संकेत दिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीको अनुसार आजभोलिदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेमा आइतवारबाट नै बुकिङ खुल्ने जानकारी दिए। यस अघि दशैको महिनादिन अघिनै टिकट खुल्ने गरेतापनि यसपालि भने दशै आउन दुईसाता मात्र बाँकी छदाँ अझै टिकट खुल्न सकेको छैन् । संविधानको विरोधमा तराईमा चर्केको आन्दोलन र भारतको दादागिरीको कारण आम सर्वसाधारण दशैमा घर जाने पाउने नपाउने अन्योल यथावतै छ । सरकारले व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति गरिसकेकाले अब विशेष वर्गको हड्ताल तथा अन्य वहानाले अग्रिम टिकट नरोकिने यातायात व्यवस्था विभागले बताएको छ ।