नागरिक लगानी कोषले दश लाख कित्ता सेयर बाँडफाँड

0 11

Image result for नागरिक लगानी कोषले

काठमाडौँ, ११ असोज । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सामूहिक लगानी कोष (म्युचियल फन्ड)लाई छुट्ट्याइएको १० लाख कित्ता सेयर आज बाँडफाँड गरेको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को व्यवस्थाअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको हो । नेपाल धितोपत्र बोर्डको स्वीकृत विवरणपत्रलाई कम्पनी ऐन २०६३ मा भएको व्यवस्थाअनुसार सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ बमोजिम कोषलाई छुट्याएको पाँच प्रतिशत अर्थात १० लाख कित्ता सेयर खरिदको लागि परिपत्रविधिद्वारा आह्वान गरिएको थियो ।

त्यसमा छवटा सामूहिक लगानी कोष योजनाबाट दरखास्त परेको थियो । दस लाख कित्ता सेयरलाई माग गरिएको अनुपातमा १० लाख कित्ता अर्थात रु १० करोडको सेयर बाँडफाँड गरिएको कोषले जनाएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सह निष्कासन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैङ्किङ तथा एनएमवी क्यापिटल लिमिटेड र कम्पनीको निर्णयअनुसार बाँडफाँड गरिएको हो । बाँकी रहेको एक करोड ९० लाख कित्ता (कम्पनीका कर्मचारीसहित) सेयर सर्वसाधारणको लागि दसैँ अगाडि आह्वान गरिने कोषका उपव्यवस्थापक रोशनजङ्ग कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।