‘प्रदेश थपघट गर्न सकिन्छ, अान्दोलनको अर्थ छैन’

0 6

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश थपघट गर्न सकिने बताएका छन्। राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रथम अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै ओलीले भने, ‘प्रदेश थपघट गर्न सकिन्छ तर त्यो व्यक्तिको इच्छाअनुसार हुँदैन।’

आफू पनि यो संविधानका केही कुरामा सहमत नभएको गुनासो गर्दै ओलीले असहमत हुनेबित्तिकै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको औंल्याए। लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण तरिकाले राख्न पाउने अधिकार भए पनि असहमत विचार राख्नेका घरमा आगो लगाउनु, तोडफोड गर्नु, सुरक्षाकर्मीमाथि आक्रमण गर्नु कुनै आन्दोलन नभएको ओलीले दाबी गरे।

अहिलेको संविधान जननिर्वाचित संस्थाले जारी गरेको सबैभन्दा प्रगतिशील संविधान भएको उनको दाबी छ। संविधान बनेको ६५ वर्षपछि पनि छिमेकी भारतमा संविधानमा संशोधन गर्ने क्रम जारी रहेको उदहारण दिँदै ओलीले गत वर्ष मात्र आन्ध्र प्रदेशबाट छुट्टिएर तेलंगना राज्य बनेको स्मरण गरे।

चार नेताको सिन्डिकेटबाट संविधान बनेको भन्दै लागेको आरोपको ओलीले प्रतिवाद गरेका छन्। ‘संविधानसभा माछा बजार होइन। त्यहाँ निश्चित नीति र कार्यक्रमका आधरमा काम हुन्छ’, ओलीले भने, ‘यो संविधान ९० प्रतिशतको सहभगिता र ८५ प्रतिशतको समर्थनमा बनेको छ।’

संविधानमा असन्तुष्ट पक्षलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गर्दै ओलीले भने, ‘नाका ठप्प पार्ने, इन्धन आपूर्ति दिएर चुलो बाल्न नदिने पनि आन्दोलन हुन्छ।