परामर्श गर्न आउने राजदूत उपाध्याय

0 6
Deep_Kumar_Upadhyay_855587583
काठमाडौं: भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सरकारसँग ‘परामर्श’ का लागि शुक्रबार नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार एकहप्ते बसाइका क्रममा राजदूत उपाध्यायले प्रधानमन्त्रीलगायत शीर्ष राजनीतिक नेतृत्वसँग भेट्ने भएका छन्। शुक्रबार बिहान काठमाडौं उत्रने राजदूत उपाध्यायसँग सरकारले विशेषदूत पठाएर नयाँदिल्ली संस्थापनसँग नेपालको धारणा प्रस्ट पार्ने विषयमा छलफल गर्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दियो।