संविधानसभाकै भत्ता यथावत्सं सद् कर्मचारीलाई

0 8

काठमाडौं असोज ८ संविधानसभा विघटन भएपछि पनि संसद् सचिवालयले आफ्ना कर्मचारीलाई संविधानसभामा दिइआएको खाजा र प्रोत्साहन भत्तालाई निरन्तरता दिने भएको छ।

संविधान निर्माणको काममा रातदिन खट्नुपर्ने भन्दै सचिवालयले कर्मचारीलाई खाजा र प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। संविधान निर्माणको काम सम्पन्न भई संविधानसभा संसद्मा रूपान्तरण भएपछि पनि सचिवालयका कर्मचारीको भत्ता यथावत् राख्ने निर्णय सचिवालयले गरेको हो।