भारतले नाकाबन्दीको धम्की दिँदा नाका थुन्ने मधेसवादी नेता

0 9

वीरगन्ज । नेपाल–भारतको दशगजा क्षेत्रमा धर्नामा बसेर नाका ठप्प पार्ने मधेसवादी दलका नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

वीरगन्ज–रक्सौल बिचको मितेरी पुलस्थित दशगजा क्षेत्रमा मधेसवादी दलका नेता कार्यकर्ताहरुले धर्ना बसेर नाका ठप्प पारेका थिए ।

मितेरी पुल नजिकै दशगजा क्षेत्रमा धर्ना बसेर मधेसवादी दलका नेता कार्यकर्ताले बिहान १० बजे देखि नै नाका ठप्प पारेका थिए । प्रहरीले दिउँसो बल प्रयोग गरेर नाका खुलाएको हो ।

प्रहरीले बिहान देखि धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरुलाई उठाउन कोशिस गरेपनि नमानेपछि बल प्रयोग गरेको हो ।

प्रहरीले सो क्रममा एक राउण्ड हवाई फायर र अश्रुग्याँस हानेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको प्रहरीले जनाएको छ ।