भारत लाई सात बुदे प्रस्ताव प्रस्तुत गर्ने अधिकार कस्ले दियो

0 2

केवल भुजेल नेकपा माले का युवा नेता संग समसामयिक बिषयबस्तु मा गरिएको कुराकानी

१. अशोज ३ गते को जारी भएको सविधान तपाई लाई कस्तो लाग्यो ?
सविधान ले सबै लाई हाम्रो संबिधानहो भन्ने किसिम को वातावारण बनाउन सकेन यदपि लामो समय पस्चात आएको संबिधान स्विकार्य नै छ ।

२. संबिधान सबै को हो भन्ने किसिम को हुन् सकेन् को मतलव ?
हैन नेपालमा बस्ने सबै नेपाली लाई स्विकार्य हुन् नसकेको ले जस्तै संबिधान घोषणा को दिन हिमाल पहाड मा दिपावली मनाइयो भने तराई को भाग भने आकोश पोखियो त्यस कारण मेरो भनाइ भने को नै हिमाल पहाड र तराई लाई स्वीकार्य हुने गरी संबिधान जारी गरेको भए हाम्रो संबिधान हुन् थियो ।

३. ९० प्रतिशत बाट पारित भएको संबिधान कसरी हाम्रो संबिधान हुन् सकेनन् ?
यो शतप्रतिशत हो की बहुमत बाट पारित भएको संबिधान हो तर यो भन्दै मा बाकी १०प्रतिशत जनता को मत नै होइन भने पनि बुझनु हुदैन नि ्रहो १० प्रतिशत को कुरा संख्याका आधार मा अल्पमत परने भए पनि उहाहरु को माग पनि १०० मा १०० प्रतिशत नै सम्बोधन नसके पनि कम्ति मा ६०प्रतिशत सम्म गरेको भए अहिले तराई मा हिंसा बढने थिएन ।

४. संबिधान जारी भए पस्चात छिमेकी राष्ट भारत ले पनि समर्थन नगर्नुको कारण ?
छिमेकि राष्टहरुले आफ्नो छिमेकि देश मा जहिले पनि शान्ति छाओस्,समृद् को बाटो पहिलाउस भन्ने आशा राखेका हुन्छन त्यसैले वर्तमान दिशा ले गर्दा शान्ति को कुनै झल्को नदेखेको ले गर्दा नै भारतको समर्थन नभएको हुन् सक्छ र नेपाल को ठुला निर्णयहरुमा भारत कै कुरा निर्णायक हुन् थियो तर यश पाली भारत को हस्तक्षेपकरी ब्यबहार लाई नेपालले बेवास्ताका गरेकै कारण ले पो भारत ले समर्थन न गरेको हो कि रु निश्चयपनि आज सम्म का निर्णय हरुमा भारत को दवदवा रहदै आएको थियो तर यसपाली हाम्रा नेता ले स्विबिबेकले निर्णय गरेको र भारत को चासो लाई बेवासता गनुको पनि कारण भने म लाई लाग्छ ।

५. भारत ले नेपाल सामु पेश गरेको सात बुदे सर्त मा यहाँ को धारणा के छ ?
एउटा मित्र राष्ट् ले तपाई को देसको जनता लाई मिलाएर लानुस भन्नु त्यो स्वीकार्य हुन्छ तर सर्त को हिसाब मा ७ बुदे प्रसताब पेश गर्नु भनेको यो एकदम घिन लाग्दो व्यवहार हो ,उस्को ४ बुदा मा उल्लेख गरिएको बुदे ४ नम्बर त झन् आपत्तिजनक छ । हाम्रो देश सानु भए पनि हामी आज सम्म इतिहास मा कसैप्रति झुकेको अवस्था छैन र यो सर्त लाई मैले सरासर अपमान को रुप मा हेरेको छु्र । र हामी ले आज सम्म कसैको निशुल्क खाएको पनि छैन खाएका छौ । त केवल किनेर खरिद गरी खाएका छौ आज सम्म कुनै देश संग भिख मागेर खाएका छन् ।

६. मधेशी मोर्चा ले उठाएको संबिधान पुर्नलेखन को माग ले अव को परिस्थिथि लाई यहाले कसरी मूल्यांकन गर्नु भएको छ ?
मधेशी मोर्चा ले उठाएको जारी संबिधान पुर्नलेखन त हुन् सक्दैन तर तराई थारु मधेशी का जायज मागलाई कुनैपनि हालत मा सम्बोधन गर्नु पर्छ तर भारत लाई खुशी तुल्याउन नभई आफ्नै देश का जनता लाई न्याय दिन का निम्ति ।

७. अनन्त मा के भन्न चाहनुहुन्छ ?
म आम नेपाली जनतालाई के भन चाहन्छु भने हाम्रो ढाडमा बसेर कसै लाई हाम्रो सन्तान माथि आक्रमण गर्ने आबस्था सिर्जना नगरौ र अर्को कुरा यदि कसै ले हाम्रो राष्टिय हस्तक्षेपनै गर्छ भने त्यसको प्रतिकार का निम्ति हामी नेपाली जनता तम्तयार भएर बस्नु पर्छ ।

You might also like More from author