दिल्लीलाई ओलीको चुनौती

0 12

‘दिल्लीमा पानी पर्छ नेपालमा छाता ओडेर वर्षातबाट बच्न सकिदैन’ काठमाडौं,असोज ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारत सरकारलाई सुझाव दिएका छन् । पछिल्लो समय दिल्लीका विरुद्धमा खरो रुपमा खनिन थालेका ओलीले बिहिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ओलीले दिल्लीमा पानी परेको बेला नेपालमा छाता नओड्न भारतलाई सुझाव दिएका छन् । ओलीले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन् “दिल्लीमा पानी पर्छ नेपालमा छाता ओडेर वर्षातबाट बच्न सकिदैन । तसर्थ अरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेर आदेश दिनु भन्दा त्यो आदेश आफ्नो देशमा कार्यन्यवन गर्न र गराउन सक्नुपर्छ । भारत हाम्रो केन्दिय राज्य होइन हामीलाई बारम्बर आदेश दिन छिमेकी आफ्नो ठाँउमा बस्नुपर्छ । हामी आफ्नो ठाँउमा हाम्रो तरिकाबाट चित्त बुझाऊछौ ।यो सात बुदे सहमति कुनै हालतमा पुरा हुदैन ।” यसअघि पनि नयाँ संविधानको खुसियाली मनाउन काठमाडौंको सैनिकमञ्च टुडिँखेलमा भएको कार्यक्रममा ओली र प्रचण्ड दिल्ली विरुद्ध खरो रुपमा उधिएका थिए । नेपाल विरुद्ध भारतले दादागिरी देखाई पटक पटक विज्ञप्ती विकाल्दा पनि सरकार पक्षधर नेपाली कांग्रेस भने मौन बस्दै आएको छ । भारत भने नाकाबन्दीको भम्की दिदै केहि नाकामा भने कडा रुपमा सुरक्षा व्यवस्ता बढाएको छ ।