सुरक्षा दिएर छ सय सवारी चलान

0 15

सप्तरी, ७ असोज । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्व–पश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका ६०० सवारीसाधनलाई सप्तरी प्रहरीले आज सुरक्षा घेरा दिएर गन्तव्यतर्फ पठाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा रोकी राखिएका २७९ गाडीलाई सप्तरी हुँदै सुनसरी पु¥याइएका छन् । सुनसरीको कोसी ब्यारेजबाट सप्तरी हँुदै ३२१ वटा सवारीसाधनलाई सिरहासम्म पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभएको छ ।