तराईका भूमिपुत्रको भाग खोस्ने सात बुँदे चाहिँदैनः शान्ता चौधरी

0 8

सात बूँदे सुझावका नाममा भारतले दबाब दिएको थाहा पाउँदा छक्क परेकी छु
Shanta-Chaudhary1काठमाडौँः केही वर्ष अघि थारु कल्याणकारिणी सभाले एउटा विज्ञप्ति जारी गरेर तराईमा भारतीयहरुलाई नागरिकता सजिलैसँग वितरण गरेर थारु समुदायलाई अल्पमतमा पार्ने प्रयाश गरिएको भन्दै विरोध गरेको थियो ।

त्यसबेला यो विषयलाई गम्भीरता साथ लिइएन । नागरिकता वितरणलाई खुकुलो बनाउँदा थारु समुदायले मात्र नभएर देशका सबै समुदायले भविष्यमा समस्या भोग्नुपर्छ भन्ने सोचिएन ।

खुकुलो नागरिकता वितरणको व्यवस्थाले गर्दा युगौंदेखि तराईका भूमिपुत्र मधेसी समुदायको पनि भाग खोसिने अवस्था आएको छ । यसका लागि नेपाल सरकार गम्भीर रुपमा दोषी रहेको छ ।

नागरिकताको गम्भीर सबाललाई पनि असर पर्ने गरी मित्रराष्ट्र भारतले नेपाललाई सात बूँदे सुझावका नाममा दबाब दिएको थाहा पाउँदा म छक्क परेकी छु । नेपालको आन्तरिक मामिलामा मित्रराष्ट« भारतले यसरी दबाब दिने काम किन गरिरहेको छ भन्ने चिन्ता लागेको छ । यसले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई फाइदा गर्दैन ।

मिडियामा आएको सात बुँदे सुझावमा उठाइएका कुराहरु अत्यन्त आपत्तिजनक रहेको छ । अङगीकृत नागरिकलाई राज्यको कार्यकारी पद दिनुपर्ने दबाब भारतले किन दियो ? हामीले सोच्नुपर्ने अवस्था आएको छ । विशेष गरी थारु समुदायले झनै सोच्नुपर्ने भएको छ ।

हजारौ वर्षदेखि नेपालका वासिन्दा थारु समुदायले कतिपय अधिकारहरु नपुगेको भन्दै आवाज उठाइरहेको छ ।

राज्यका कार्यकारी पदहरुमा थारु पनि पुग्नुपर्छ भन्ने आवाज उठिरहेको बेला अब हामीले अंगीकृत नागरिकहरुसँग अवसरहरुको भागवण्डा गर्नुपर्ने ? थारु तथा अन्य समुदायहरुले यो सहन सक्ने कुरा होइन । हामीले यसको विरोध गर्नुपर्छ ।

हजारौ वर्षदेखि नेपालका वासिन्दा थारु समुदायले कतिपय अधिकारहरु नपुगेको भन्दै आवाज उठाइरहेको छ । राज्यका कार्यकारी पदहरुमा थारु पनि पुग्नुपर्छ भन्ने आवाज उठिरहेको बेला अब हामीले अंगीकृत नागरिकहरुसँग अवसरहरुको भागवण्डा गर्नुपर्ने ?

थारु तथा अन्य समुदायहरुले यो सहन सक्ने कुरा होइन । हामीले यसको विरोध गर्नुपर्छ । भन्न पनि सक्दैन । जनताकै सुझाव पर्याप्त रुपमा समेटन नसकिएको संविधानमा भारतको सुझाव कसरी समेट्न सकिन्छ ? मित्र राष्ट भारतले दिएको सुझाव स्वयं भारतको संविधानमा समेत उल्लेख भएको देखिँदैन ।

अब सरकारले मित्र राष्ट भारतलाई सुझावका लागि धन्यवाद दिनुपर्छ, त्यो भन्दा बढि केही गर्न सकिने अवस्था छैन भनेर कूटनीतिक सम्बन्ध सुधार गर्नेतिर लाग्नुपर्छ । (यी पूर्व सभासद् शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका विचार हुन)