‘ब्याक अफ इन्डिया’ भन्दै राजधानीमा प्रदर्शन

0 23

‘ब्याक अफ इन्डिया’ अभियान अन्तरगत आर आर क्याम्पस अगाडि प्रदर्शनी मार्गमा स्वतन्त्र रूपमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन।

नेपालको राजनीतिमा भारतले गर्न खोजेको हस्तक्षेपका बिरुद्ध युवाहरु एकजुट भएका हुन।

कार्यक्रममा विद्यार्थी नेता बिरेन्द्र बस्नेत सुरेन्द्र बस्नेत, बिजय गौतम लगायतले भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप आम नेपालीलाई कदापी स्विकार्य नभएको कुरा बताए।

कार्यक्रममा युवा नेता लेखनाथ न्यौपानेले आन्तरिक समस्याको समाधान गर्न पनि उत्तिकै जरूरी भएको बताए। बिरोध सभामा बिद्यार्थी नेता जागृत रायमाझी, राजकुमार राई, रन्जित तामाङ लगायतले धारणा राखेका थिए ।

संविधानसभाबाट संविधान घोषणा भए लगत्तै असन्तुष्ट मधेशवादी दलहरुको आन्दोलनमा भारतले समर्थन जनाउँदै नाकाबन्दी गर्ने संकेत गरे लगत्तै विश्वभरीका सामाजिक सन्जालहरुमा भारतको उक्त नीतिको विरोध सुरु भएको थियो।विरोध कार्यक्रमले नेपाली युवाहरु राष्ट्रियताको विषयमा एक भएको सन्देश दिएका थिए।