गरीखान नदिए बन्दकर्ता लखेटछौ : ब्यापारी

इटहरीमा बन्द बिरुद्ध ब्यापारी सडकमा

0 8

तेज बन / इटहरी ६ असोज –  नेपालमा जारी संबिधानको बिरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति सहित ३३ दलीय मोर्चाले आवहान गरेको अनिश्चितकालिन आम हडतालको चौथो दिन बुधबार पूर्वको केन्द्र इटहरीमा ब्यापारीहरुले स्वर्तफुर्त प्रतिकार गरी आ आफनो ब्यापार सञ्चालन गरेका छन ।

बुधबार इटहरीको मुख्य चौकमा भेला भएका बन्दकर्ता लिम्बुवान सहितका कार्यकर्ताहरुले खुलेका पशलहरु जबरजस्ति बन्द गराउदै हिडेपछि एकै ठाउमा भेला भएका ब्यापारीहरुले बन्दकर्ता बिरुद्ध खनीएपछि इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरी , उद्योग बाणिज्य संघ इटहरीले बन्दकर्ता बिरुद्ध आक्रोसित बनेका ब्यापारीहरुलाई आ आफनो पशल सञ्चालन गर्न र प्रहरीले शुरक्षा दिने प्रतिबद्धता जाहेर गरेपछि ब्यापारीहरुले आ आफनो पशल सञ्चालनमा ल्याएका छन ।

Byapar 1

इटहरीको मुख्य चौकमा भेला भएका ब्यापारीहरुले आफनो क्षेत्रमा रहेका बन्दकर्ताहरुलाई लेखेटने योजना बनाएका थिए भने बन्दकर्ता लिम्बुवान कार्यकर्ता र इटहरीका ब्यापारीबिच पटक पटक मुठभेडको स्थिती देखिएको थियो ।
बन्दकर्ताहरुले चौकमा राखेको माइकिङ , कालो झण्डा , ब्यानर , लाठी लगायत सडक बन्द गर्न टागिएको रसी समेत प्रहरीले खोसेर लगेपछि भिड केही साम्य बनेको थियो ।

पटक पटकको बन्दबाट अक्रान्त बनेका ब्यापारीहरुले इटहरीको मुख्य चौकमा भेला भई बन्दकर्ता बिरुद्ध चर्को नाराबाजी लगाएका थिए । ब्यापारीहरुले गरीखान नदिए बन्दकर्ताहरुलाई इटहरीबाट लखेटने चेतावनी दिदै आएका छन । ब्यापारी पक्ष र बन्दकर्ताहरु बिच मुठभेडको सम्भावना बढेपछि हाल इटहरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।

Bandakarta 1

यता बन्दको बेला इटहरीमा सहजता अपनाउन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीको नेतृत्वमा प्रहरी कार्यालय परिषरमा ब्यापार ब्यवसाय खुलाउने बिषयमा छलफल चलिरहेको छ । उक्त छलफलमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रशाई , बन्दकर्ताहरुको तर्फबाट लिम्बुवानका गजेन्द्र शुब्बा , पदम अधिकारी लगायत