राजदुत रेले दिए मोदीको यस्तो धम्की, प्रधानमन्त्रीका सल्लाहकार भन्छन्–भन्नै मिल्दैन

0 19

काठमाडौं । भारतीय राजदुत रणजित रायलेभारतीय सरकारको तर्फबात नेपालको संविधान संशोधनको सात बुँदा प्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ ।

भारतले मधेशवादी दलहरुलाई चित्त बुझाउने गरी संविधानमा संशोधन गर्न भारत सरकारको तर्फबाट सात बुँदे सुझाव दिएको हो । संविधानसभामा संविधान जारी भैरहँदा रातो मुख बनाएर हेरीरहेका राय भोलिपल्टै भारत गएका थिए । उनले भारतमा गएर नेपालका बारेमा अनावश्यक ब्रिफिङ गराएका थिए ।

लगत्तै उनलाई भारतीय सरकारले सात बुँदे सुझाब समेट्ने संविधान संशोधन गर्न माग पत्र पठाए ।

मोदी सरकारले पठाएको चेतावनियुक्त पत्रमा तराईमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, राज्यका निकायहरुमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने, १० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकनको व्यवस्था गरिनुपर्ने, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई ती जिल्लाका वहुमत जनसंख्याको सुझावका आधारमा सीमांकन गरिनुपर्ने भारतीय सुझाव रहेको छ ।

करिब एक घण्टा प्रधानमन्त्री निवासमा बिताएका रेले नेपालको राष्ट्रियतामाथि नै चुनौति दिनेगरि प्रस्तुत भएका थिए । आफ्नै देशमा भैरहेका विभिन्न आन्दोलन तुहाउन बल प्रयोग गर्ने र नेपाल भाषीलाई लखेट्ने भारतले नेपालको राष्ट्रियतामाथि नै धावा बोल्दै अंगीकृत नागरिकता वाहक पनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा वस्न पाउने व्यवस्थाको माग गरेका छन् ।

यो भारतको फिजिकरणको नमुना हो । फिजिमा पनि उनीहरुले त्यस्तै गरेका थिए । तर, पछि फिजिका जनताले बुझेपछि उनीहरुलाई लखेटेका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेशचन्द्र भट्टराईले भारतीय राजदूत रेले दिएका सुझावहरु भन्नै नमिल्ने किसिमको रहेको बताए । भारतले दिएका सुझाव मिडियामा ल्याउँदा नमज्जा हुने उनले बताए ।