सलमानको फिल्म ‘प्रेम रतन धन पायो’ लाई रिलिज नहुँदै दुईसय करोड

0 16

एजेन्सी । दिपावलीको अवसरमा प्रदर्शन हुने सलमान खान अभिनित पछिल्लो चलचित्र ‘प्रेम रतन धन पायो’ले रिलिज नहुँदै दुईसय करोड बढी कमाई गरेको छ । स्टार टिभीसँग ५० करोडमा कुराकानी भईरहेको छ भने १८ करोड म्युजिक कम्पनिले दिने भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । यसअघिको चलचित्र बजरङगी भाइजानले पनि पिकेको रोर्कड तोड्दै सर्वाधिक कमाई गरेको थियो । सुरज बड्जात्याको निर्देशनमा बनेको उक्त चलचित्र प्रेम कथामा आधारित छ । यस चलचित्रमा सलमानकी नायिका सोनम कपुर रहेकी छिन् ।