मोदीको सन्देश लिएर राजदूत रे विमानस्थलबाट सिधै वालुवाटारमा

0 8

काठमाडौं,असोज ६ । बुधबार बिहान काठमाडौं उत्रेका भारतीय राजदुत रञ्जित रे प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न वालुवाटार पुगेका छन् । नेपालमा संविधान जारी भएपछि उत्पन्न परिस्थितीबारे ब्रिफिङ गर्न सोमबार बिहान दिल्‍ली गएका रे फर्किए लगत्तै विमानस्थलबाट सिधै प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । भारतले संविधान जारी गर्ने क्रममा आन्दोलनरत पक्षलाई सहमतिमा नल्याएको भन्दै असन्तुष्टि जनाएउदै आएको छ ।