सन्डरल्याण्डको पोष्टमा म्यानचेस्टर सिटीको ४ गोल

0 16

एजेन्सी, असोज ६ । इंग्लिस लिगकप फुटबल प्रतियोगिता म्यानचेस्टर सिटी विजयी भएको छ। मंगलबार राती भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई ४-१ ले हराएको छ । पहिलो हाफमा नै चर गोल गर्दै सिटीले जित पक्का गरेको थियो । सिटीको लागि खेलको नवौं मिनेटमा पाएको पेनल्टीको अवसरलाई सदुपयोग गरी सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । २५ औं मिनेटमा केभिन डि ब्राउनले म्यानचेस्टर सिटीको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा सन्डरल्याण्डका भिटो मानन्ले आत्मघाती गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । ३६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीले अग्रता ४–० अग्रता लियो । दोस्रो हाफमा सिटीले कुनैपनि गोल गर्न सकेनन । सन्डरल्याण्डका टोएभोनन्ले ८३ औं मिनेटमा सान्त्वना गोल गरे । अन्य खेलहरुमा एस्टन भिल्लाले बर्मीङ्घम सिटीलाई १-० ले, लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई २-१ ले, स्टोक सिटीले फुल्हम तथा हल सिटीले स्वान्सी सिटीलाई १-० ले तथा एभर्टनले रिडिङलाई २-१ ले हराएका छन् ।